केआईइसीको नयाँ शाखा दाङमा,आएल्स र पिटीमा पचाशप्रतिशत छुट

केआईइसीको नयाँ शाखा दाङमा,आएल्स र पिटीमा पचाशप्रतिशत छुट

घोराही, ४ माघ । विगत १६ वर्षदेखि विदेश जाने विद्यार्थीहरुलाई प्रभावकारी शैक्षिक परामर्श दिइरहेको केआइइसीले आफ्नो १३ औं शाखाकारुपमा घोराहीमा केआइइसीको नयाँ शाखा खोलेको छ । हाल अष्ट्रेलिया, युके, क्यानडा, न्यूजील्याण्ड देखि युएसएसम्म विज्ञहरुद्वारा शैक्षिक परामर्श दिइरहेको केआइइसीले बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो नयाँ शाखा शुभारम्भ गरेको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले रिबन काटेर नयाँ शाखाको उद्घाटन गर्नु भएको हो । सो अबसरमा बोल्दै प्रमुख अतिथि बुढाथोकीले विद्यार्थीहरुले आफ्नो गाउँठाउँमा बसेर आयल्स, पिटीलगायतका सेवाहरु पाउनु राम्रो पक्ष भएको बताउनुभयो । विद्यार्थी र अभिभावकलाई उचित परामर्श दिएर सेवामुलक भावबाट संस्थाले काम गर्नु पर्ने सुझाब दिनुभएको थियो । सो अबसरमा बोल्दै संस्थाका केन्द्रीय निर्देशक श्याम दाहालले नेपाल सहित अष्ट्रेलियाको सिडनीमा पनि आफूहरुको शाखा रहेको र विद्यार्थीहरुलाई सही परामर्श दिने लक्ष्य आफूहरुको रहेको जानकारी दिनुभयो ।

प्रत्यक वर्ष सातसय जति विद्यार्थीहरुलाई आफूहरुले सेवा दिइरहेको र सयौ व्यक्तिहरु अहिले पनि आफूहरुकै माध्यमबाट विभिन्न देशमा पुगेर शिक्षा लिइरहेको, काम गरिरहेको जानकारी दिनुभयो । विदेशमा रहँदा आइपर्ने समस्याहरुलाई पनि संस्थाले सहजीकरण गरिरहेको बताउँदै निदेर्शक दाहालले विदेश जाने विद्यार्थीहरुलाई उचित परामर्श दिएर आफूहरुले तयार गरिरहेको जानकारी दिनुभयो । दाङ ब्राण्चका निर्देशक सन्तोष गिरीले शाखा सञ्चालनको अबसरमा हाल आयल्स र पिटी गर्नेहरुलाई पचासप्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल र पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले विदेश जान चाहने विद्यार्थीहरुलाई सुपथ र सरल तरिकाले प्रभावकारी सेवा संस्थाले प्रदान गर्न सुझाब दिनुभएको थियो ।