लमहीमा छैठौं कृषि, पर्यटन व्यापारीक महाेत्सव हुने

लमहीमा छैठौं कृषि, पर्यटन व्यापारीक महाेत्सव हुने

शिवु खनाल
देउखुरी, ४ माघ
देउखुरी उद्योग बाणिज्य संघ लमहीकाे आयाेजनामा लमहीमा माघ १२ गते महाेत्सव हुने भएको छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वनद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र छैठौं कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महाेत्सव २०७९ आयाेजना गर्न लागिएकाे हाे ।

बुधबार बाणिज्य संघले लमहीमा पत्रकार सम्मेलनमार्फत महाेत्सव संचालन गर्न लागेकाे जानकारी दिएकाे हाे । कृषि पर्यटन उद्योग तथा व्यापार देशकाे समृद्धिकाे बलियो आधार भन्ने मुल नाराका समथ लमहीकाे खस्किएको व्यापार कसरी उठाउन सकिन्छ र देउखुरीमा पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ भन्ने उदेश्यले लमहीमा महाेत्सव संचालन गर्न लागिएको हाे देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले बताउनुभयो ।

उहाँले नेपाली कला संस्कृति संरक्षण र सम्बद्धन गर्ने उद्देश्यकाे साथ महाेत्सवकाे आयाेजना गर्न लागिएको बताउनुभयो ।

महाेत्सवमा कृषिकम लागि विशेष स्टल राखिने भएकाे छ भने स्थानीय व्यापारीलाई विशेष प्राथमिकता दिइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

महाेसत्सवबाट संकलित रकम अजम्मरी सामुदायिक वनद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने देउखुरी उद्योग बाणिज्य संघका महासचिव लेखराज केसी (बसन्त)ले जानकारी दिनुभयो ।

महाेत्सवलाई व्यवस्थित तरिकाबाट संचालनका लागि विभिन्न समिति बनाइएको छ । यस्तै महाेत्सवमा जेष्ठ नागरिकलाई निशुल्क प्रवेशकाे व्यवस्था गरिएको छ भने विद्यार्थीलाई ४५ प्रतिशत छुट दिइने छ । टिकटको मुल्य एकसय रूपैयाँ निर्धारण गरिएको छ । फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु महाेत्सवमा हुने छ । महाेत्सवमा आफ्नो संस्थाको पाेसाग सहित झाकी प्रदर्शन गरेमा उत्कृष्ट हुनेलाई उचित पुस्कार प्रदान गरिने छ ।।