दीपकराजको आग्रह– पाँच वर्ष रवि र बालेनलाई विश्वास गरौं

दीपकराजको आग्रह– पाँच वर्ष रवि र बालेनलाई विश्वास गरौं

काठमाडौं, माघ १०। कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा प्रायस् सक्रिय हुन्छन्।

उनी समसामयिक विषय र मुद्दामा आफ्ना धारणा फेसबुकमार्फत् व्यक्त गरिहाल्छन्। विशेषगरी राजनीतिक टिकाटिप्पणी गर्न उनी माहिर छन्।

मंगलबार गिरीले फेसबुकमा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन केन्द्रित स्टाटस लेखे। उनले अब ५ वर्ष उनीहरूलाई विश्वास गरिदिन आग्रह गरेका छन्।

‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौं विश्वास गर्‍यौं। अब रवि बालेनहरू आएका छन्। उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं,’ गिरीले लेखेका छन्।