अजम्मरी सामुदायिक वनकाे अध्यक्षमा पवन

अजम्मरी सामुदायिक वनकाे अध्यक्षमा पवन

 

शिवु खनाल
देउखुरी, १० माघ
लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पवन शर्मा रिजाल चयन हुनु भएको छ ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समुहको १६ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सर्वसम्मत रूपमा १७ सदस्यीय गठन गरिएकाे छ ।

उपाध्यक्ष रवि श्रेष्ठ, सचिव गाेमा अधिकारी, कोषाध्यक्ष तेजबहादुर विक रहनु भएको छ ।यसैगरी सदस्यमा जगनारायण चाैधरी, सुदन केसी, हिमन्तप्रसाद पाण्डे, देवा घर्ती, हिरालाल चाैधरी, विन्दु पाैडेल, कृष्ण भुषाल, शाेभाकला खनाल, विरबल चाैधरी, चन्द्र चाैधरी, सुमित्रा खड्का केसी, चन्द्र शाहा, र कुमप्रसाद दमाई रहनु भएकाे छ । पवन शर्मा रिजाल अज्ममरी सामुदायिक वन उपभाेक्ता समितिमा दाेस्राे कार्यकालकाे लागि पुन दाेहरीनु भएकाे हाे ।।