नेपाली काङ्ग्रेसदाङको सभापतिमा शंकर

नेपाली काङ्ग्रेसदाङको सभापतिमा शंकर

हिमाल महरा, १२ कार्तिक , दाङ
नेपाली काङ्ग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । हिजाे शनिबार भएकाे निर्वाचनमा शंकर डाँगीले ७७६, र भूप बहादुर डाँगीले ५४५ मत लिएरका थिए । त्यस्तै सभापतिका उम्मेदवार जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत लिएका थिए ।

प्रथम हुने उम्मेदवारकाे ५१% मत नआएपछि सभापतिकाे लागि आज आइतबार पुन निर्वाचन हुने भनिएकाे भए पनि सहमति पश्चात् शंकर जिल्ला सभापति भएकाे हुन् । भूपबहादुर र शंकरबीच भएकाे समहतिपश्चात शंकर सभापति भएका हुन् । भूपेन्द्रबहादुरले शंकरलाई सभापतिमा समर्थन गरेपछि शंकरलाई सभापति घाेषणा गरिएकाे हाे ।