एमाले महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन

एमाले महासचिवमा  शंकर पोखरेल सर्वसम्मत चयन

चितवन, मंसिर १३। नेकपा एमालेको महासचिव पदका लागि शंकर पोखरेल सर्वसम्मत चयन हुनुभएको छ।
बिहान १० बजेको समयसीमाभित्र महासचिवमा अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुनुभएको हो ।

उहाँ लुम्बिनी प्रदेशको निर्वतमान मुख्यमन्त्री समेत हुनुहुन्छ ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा भने परेन ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ।

अब अध्यक्ष र उपाध्यक्ष र सचिवमा भने उम्मेद्वारी परेकाले आज साँझ निर्वाचन हुने छ।