दाङको लमहीमा एक पुरुष मृत अवस्थामा फेला

दाङको लमहीमा एक पुरुष मृत अवस्थामा फेला

दाङ, मंसिर १४। दाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका वडा नं. ५ शिव मन्दिर नजिकै एक घरको च्यानल गेटमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

वडा प्रहरी कार्यालय लमहीकी हवलद्वार डिलु योगीले दिएको जानकारी अनुसार शवको पहिचान खुलेको छैन । शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ। अन्दाजि ३५/४० वर्षका जस्ता देखिने ति पुरुषको मृत्यु हुनका कारण पनि खुलेको छैन ।

ति पुरुष लमही बजारमा नै हिडडुल गर्ने गरेको पाइएको योगीले बताउनुभयो । शव आज विहान करिब ३ बजेतिर फेला परेको हो ।