श्रीमानको हत्या आरोपमा दाङकी एक महिला ७ वर्षपछि पक्राउ

श्रीमानको हत्या आरोपमा दाङकी एक महिला ७ वर्षपछि पक्राउ

दाङ, मंसिर १४। श्रीमानको हत्या आरोपमा दाङकी एक महिला ७ वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० घर भई हाल काठमाडौं बस्ने ५० वर्षीया दिल कुमारी सेन रहेकी छिन् ।

उनलाई ०७१ सालमा आफ्नो श्रीमानको हत्यामा संलग्न रहेको आरोप रहेको छ । सेनलाई आज महानगरीय अपराध महाशाखा काठमाडौंले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका अनुसार दिलकुमारीका श्रीमान द्रोण बहादुर सेनको हत्यामा संलग्न रामेछापको गोकुलगंगा गाउँपालिका ४ का ५४ वर्षीय भिमे सार्की भने पुर्पक्षका लागि थुनामा रहेका छन् ।

उनलाई ०७७ साल मागुन ११ गते काठमाडौं जिल्ला अदालतले हत्यामा संलग्न रहेको भन्दै थुनामा राख्न आदेश दिएको थियो । उनी द्रोणका हत्यामा संलग्न रहेका मध्ये मुख्य रहेको प्रहरीले जनाएको छ।
द्रोण ०७१ साल चैत ९ गते विहान ६ बजे काठमाडौं १० स्थित सिम्रिक पुलमुनि टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेका थिए ।

श्रीमान श्रीमती काठमाडौं महानगरपालिका १० थापा गाउँमा बस्दै आएका थिए ।

पक्रउ परेकी द्रोणकी श्रीमती दिलकुमारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत नयाँ बनेश्वरमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।