बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

काठमाडौं, कार्तिक १०। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुभएको छ । बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकलाई सम्बोधनपछि मुख्यमन्त्री पदबाट शाक्यले राजीनामा दिनुभएको हो ।

राजिनामा दिँदै उहाँले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बउनुभयो ।

‘हामी संस्कारयुक्त बनौं, द्वनन्द्व कम गरौं । प्रदेश बनाउन मिलेरै काम गरौैं’ उहाँले भन्नुभयो, ‘आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन ।’ मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको बताउनुभयो ।

सबै पक्ष मिलेमा प्रदेशलाई नमुना बनाउन सकिने भन्दै मुख्यमन्त्री शाक्यले सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्याग्नुपर्ने बताउनुभयो ।