रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटनामा परी श्रीमानको मृत्यु , श्रीमति घाइते

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटनामा परी श्रीमानको मृत्यु , श्रीमति घाइते

दाङ, मंसिर १७। रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छिन् ।

दुर्घटनामा ट्रयाक्टर चालकसमेत रहेका गोपाल विकको घटनास्थलमै मृत्यु भएको हो। उनकी श्रीमती सपना विक घाइते भएकी छिन् ।

उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताउनुभयो ।

आज (शुक्रबार) विहान आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको छ ।