नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजपुर गाउँपालिकाकाे दाेस्राे पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजपुर गाउँपालिकाकाे दाेस्राे पूर्ण बैठक सम्पन्न

शिवु खनाल
देउखुरी, १७ मंसिर
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाङ देउखुरी राजपुर गाउँपालिकाकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएको छ । राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) काे अध्यक्षता एवम् लुम्बिनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्याैपानेकाे प्रमुख अतिथिमा सम्पन्न बैठक चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजपुर गाउँपालिकाकाे दाेस्राे पूर्ण बसेकाे बैठकले छजना सदस्यीय मनाेनित गरेको छ भने १९ जनाको सचिवालय गठन गरेको छ । यस्तै बैठकले राजपुर गाउँपालिका एवम् वडा इञ्चार्ज सह-इञ्चार्ज, जवस माेर्चाका फ्याक्सन इञ्चार्ज ताेकेकाे छ भने जवस माेर्चाकाे भेला गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले राजपुर गाउँपालिका विभिन्न वडाका बैठक बसाल्ने निर्णय गरेको छ । कार्यक्रमकाे सहजिकरण सह-सचिव दिलमती वलिले गर्नुभएको थियोे ।।