काठमाडौंमा जारी यु -१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिजेता लुम्बिनी प्रदेश

काठमाडौंमा जारी यु -१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिजेता लुम्बिनी प्रदेश

राष्ट्रिय क्रिकेटको उपाधि काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधि लुम्बिनि प्रदेशले जितेको छ। आईतबार टीयु मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै उपाधि जितेको हो।

सात बर्षपछि आयाेजना भएको प्रतियाेगितामा प्रदेशका हिसावले लुम्बिनी पहिलाे पटक नै च्याम्पियन बन्न सफल भयाे ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारीत ५० ओभरमा एक सय १२ रनमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेपछि उसका दुई खेलाडील्से अर्धशतकीय पारी खेल्दा टिम बलियो स्थितीमा पुगेको हो ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको लुम्बिनीले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेको थियो । उसका ओपनर आकाश त्रिपाठीले खाता खोल्न सकेनन् । त्यसपछि प्रज्वल थापापनि २४ रनमा पेभेलियन फर्किए भने विराट भण्डारी पहिलो बलमा नै आउट भएपछि लुम्बिनीले ८० रन बनाउँदा तीन विकेट गुमायो ।

लुम्बिनीका लागि देभ खनालले उत्कृष्ट ७० रनको पारी खेले । जसमा उनलेस ९५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै विशाल विक्रम केसीले पनि ५१ रन बनाए । उनले ६९ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

र सुनील भण्डारी ६, वासिर अहमद चार, कमल वली एक रनमा आउट भएपछि लुम्बिनीले एक सय ९६ रन बनाउँदा आठ विकेट गुमाएको थियो । उसका लागि दुर्गेश गुप्ताले ३२ रन बनाए ।
बलिङमा आकाश चन्दले तीन तथा हेमन्त धामी, शेर मल्लले दुई दुई विकेट लिए भने नरेन साउद र राहुल भण्डारीले एक एक विकेट लिए । २ सय १३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदुरपश्चिम भने खराव ब्याटिङको सिकार भयो। उसका कुनैपनि खेलाडीले गतिलो स्कोर बनाउन सकेनन्। पाँचौ नम्बरमा ब्याटिङका लागि आएका लोकेश बमको २५ रन सर्वाधिक रह्यो।

यस्तै ओपनर तथा कप्तान खडक बोहोराले २१ रनको योगदान दिए। थप दोहोरो रनको स्कोरका रुपमा नारायण जोशीको ११ रन रह्यो।

सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा दुर्गेश गुप्ताले ३ विकेट लिए भने अजय चौहानले ५ विकेट हात पारे। मोहमद्ध हुसेनका नाममा २ विकेट रह्यो।