काठमाडौं सामुदायिक विद्यालयमा टाई अनिवार्य नगर्ने

काठमाडौं सामुदायिक विद्यालयमा टाई अनिवार्य नगर्ने

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा टाई अनिवार्य नगर्ने भएको छ ।

महानगरपालिकाले गत चैत २८ गते महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका कुनै पनि कक्षामा टाई अनिवार्य गर्न नदिने निर्णय भएको जनाएको छ ।महानगरपालिकाले निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई अनुरोध पनि गरेको छ ।