दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक वृद्ध महिला गम्भीर घाइते

दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक वृद्ध महिला गम्भीर घाइते

११ जेठ, दाङ । दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला गम्भीर घाइते भएकी छन् ।

घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरमै आएर एक जना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् ।गम्भीर घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए ।एसपी वलीका अनुसार बुधबार दिउँसो करिब ४ बजे अन्धाजी २५/३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा ‍शरीरका विभिन्न भागमा प्रहार गरेको थियो ।ती व्यक्तिले रोकाको ढाई तोलाको सुनको सिक्री  र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको एसपी वलीले बताए । ती व्यक्तिको खोजी कार्य भइरहेको छ ।

घाइते रोका आफ्नी माइली छोरीसँग घरमा बस्दै आएकी थिइन् । बुधवार दिउँसो उनी घरमा एक्लै भएको मौका छोपेर उक्त घटना भएको हो । ‘घटनाको प्रकृति हेर्दा लुटपाट जस्तो देखिन्छ,’ एसपी वलीले भने, ‘यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।’

उनले कर्णाली प्रदेश प्रहरीबाट समेत कुकुर ल्याएर घटनाको अुनसन्धान गरिएको जानकारी दिए ।

प्रहरी प्रमुख वलीले आफू रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको बताए । ‘घटना कसले र किन गर्‍यो अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटना नजिक पुगेका छौं, दोषी छिट्टै पत्ता लगाउछौं ।’