दाङमा एक लाख ९७ हजार बढी रकमसहित ६ जना जुवाको खालबाट पक्राउ

दाङमा एक लाख ९७ हजार बढी रकमसहित ६ जना जुवाको खालबाट पक्राउ

, मंसिर २३। दाङमा एक लाख ९७ हजार बढी रकमसहित ६ जना जुवाको खालबाट पक्राउ परेका छन् । बुधबार राति कबिर साढे १० बजे घोराही उमपहानगरपालिका १३ डुम्मर गाउँबाट १ लाख ९७ हजार ७५५ रुपैयाँसहित ६ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

३२ वर्षीय निमबहादुर भण्डारीको घरमा अवैध रुपमा जुवा खेलिरहेको समयमा उनीसहित रोल्पाको माडी गाउँपालिका ४ निवासी ५७ वर्षीय रणे वली, सोही गाउँपालिका ३ निवासी ४० वर्षीय कुल बहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का, ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ निवासी ३८ वर्षीय ललित बुढा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालका अनुसार अबैध रुपमा हारजित हुने गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको रिजालले बताउनुभयो । साथै प्रहरीले जुवाको खालबाट ५ गड्डी खोलेको र ५ जड्डी नखोलेको तास पनि बरामद गरेको छ ।