आजबाट काटमाडौंमा कांग्रेस महाधिवेशन

आजबाट काटमाडौंमा कांग्रेस महाधिवेशन

काठमाडौं मंसिर २४। नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ ।

कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् ।

कांग्रेस नेता मीन विश्वकर्माले देश तथा विदेशबाट गरी करिब ४७ सयको संख्यामा महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभयो ।

कांग्रेस महाधिवेशनमा सहभागी हुन भारत, चीनलगायतका मुलुकबाट समेत विभिन्न राजनीतिक दलका प्रतिनिधि आउँदै छन् । भारतबाट सत्तारूढ दल भाजपा र विपक्षी दल कांग्रेस आइका प्रतिनिधि आउने बताइएको छ ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि पनि सहभागी हुने कांग्रेसले जनाएको छ । केही विदेशी पाहुना भने काठमाडौं आइसकेको पाहुना स्वागत समितिका सदस्य राजिवविक्रम शाहले जानकारी दिनुभयो ।