पदक हासिल गर्ने महिला खेलाडी सम्मानित

पदक हासिल गर्ने महिला खेलाडी सम्मानित

 

शिवु खनाल

देउखुरी, २४ मंसिर

राष्ट्रिय एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगितामा सहभागिता भएर पदक हासिल गर्न सफल दाङ देउखुरीका दुईजना महिला खेलाडीलाई शुक्रबार रोजि बड्स बाल बाटिका विद्यालयले नगद सहित सम्मान गरिएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । राष्ट्रिय एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगितामा सहभागिता भएर राष्ट्रिव्यापि शटपुट थ्रो अन्डर २० तर्फ स्वर्ण पदक हासिल गरी यस रोजि बड्स बाल बाटिका विद्यालयको गरिमालाई बढाउने काम गरेको भन्दै कक्षा बाह्रमा अध्ययनरत विद्यार्थी १८ वर्षीय शुसिला चौधरी र राष्ट्रिय एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगितामा सहभागिता भएर राष्ट्रिव्यापि लङजम्प अन्डर १६ तर्फ रजत पदक हासिल गरी यस रोजि बड्स बाल बाटिका विद्यालयको गरिमालाई बढाउने काम गरेको भन्दै सोही विद्यालयको कक्षा एघारमा अध्ययनरत विद्यार्थी १६ वर्षीय शुसिला चौधरीलाई विद्यालयले नगर सहित प्रशंसापत्रले सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक राजु यादवले आर्थिक रुपमा खेलबाट व्यवसायिकता झल्काउन अझै बाँकी रहेको बताउदैँ, खेलाडीको मनोबल उच्च बनाउन र उनीहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको जानकारी दिनुभयो । उहाँले विद्यालयको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई दिनुभयो । ‘यो जितले विद्यालय लगायत विद्यार्थीको गौरव बढाएको छ, विद्यार्थीहरुको मनोबल उच्च हुनुका साथै आत्मविश्वास बढेको छ, त्यसका लागि सम्पूर्ण बिजेता टिमलाई म हृदयदेखि नै बधाइ दिन चाहन्छु, विद्यालयका प्रधानध्यापक यादवले भन्नुभयो ।’ यस्तै कार्यक्रममा बोल्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले खेलाडी सम्मान कार्यक्रममा खेलकुद क्षेत्रलाई स्थानीय सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले खेलकुद क्षेत्रलाई प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गरिएको बताउनुभयो । नगर प्रमुख केसीले खेलाडीहरूलाई बधाई तथा शुभकामना दिंदै खेलाडीहरूले नगरकोे इज्जत, प्रतिष्ठा र शान बढाएको बताउनुहुदँै, खेलाडीहरूलाई व्यवसायिक ढंगबाट अगाडि बढ्न अनुरोध गर्दै स्थानीय सरकारले खेलाडीहरूबाट आशा, भरोसा राखेको बताउनुभयो ।  यस्तै कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीले खेलकूदलाई पेशाको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । पदक विजेता खेलाडीहरूका कारण लमही नगरपालिका सरकार गौरवान्वित भएको वडाध्यक्ष केसीले बताउनुभयो ।

उहाँले खेलाडीहरूले खेलकूदलाई जीविकोपार्जनको माध्यम रुपमा लिएर अगाडि बढ्नुपर्ने र त्यसको लागि स्थानीय सरकारले पनि सहयोग गर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक पूर्णबहादुर वलीले गर्नुभएको थियो । काठमाडौमा सम्पन्न राष्ट्रब्यापि युथ एथ्लेटिक्स च्याम्पियनसीपमा रोजी बड्स बाल बाटिका विद्यालय कक्षा बाह्रमा अध्ययनरत सुशिला चौधरी शटपुट थ्रो नेपाल प्रथम र कक्षा एघारमा अध्ययनरत सुशिला चौधरी लङजम्प तर्फ नेपालकै दोश्रो स्थान हासिल गर्न सफल हुनु भएको छ ।।