कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर, मंसिर २६। कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको हो।

झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिनुभयो।

घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

शिवरमा रानाका श्रीमती, बुहारी र नातिनतिनासँग बस्दै आएका थिए। हात्तीले शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइदिएको छ।