अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आँधी आउँदा ७० जना बढीको मृत्यु

अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आँधी आउँदा ७० जना बढीको मृत्यु

एजेन्सी, मंसिर २६। अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आँधी आउँदा ७० जना बढीको मृत्यु भएको छ । आँधीमा परी अझै पनि हराइरहेको र खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । अहिलेसम्म ४० जनाको उद्धार भएको छ । एक सयभन्दा धेरै उद्योगमा असर परेको छ ।

आँधीका कारण केन्टकीमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ । केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको छ ।

केन्टकीमा आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित भएकाको सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

साथै उहाँले प्रभावित नागरिकलाई धैर्य रहन आग्रह गर्नुभएको छअन्तराष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका छन्।