काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५४ जनाले उम्मेदवारी फिर्ता

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५४ जनाले उम्मेदवारी फिर्ता

दाङ, मंसिर २६ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार साढे १२ बजेसम्म काँग्रेस पदापधिकारीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै सहमहामन्त्रीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको छ ।