चेम्बर अफ कमर्सका अध्यक्ष घर्तीद्वारा तुलसीपुर महोत्सवलाई सहयोग गर्न अपिल

चेम्बर अफ कमर्सका अध्यक्ष  घर्तीद्वारा  तुलसीपुर महोत्सवलाई सहयोग गर्न  अपिल

दाङ, मंसिर २७ । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले तुलसीपुर महोत्सवलाई सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ ।

यस क्षेत्रको कृषी, व्यापार र पर्यटन क्षेत्रको पवद्र्धन गर्ने उश्यले तुलसीपुर महोत्सव संचालन हुन लागेकाले पौष १ गते देखि संचालन हुन लागेको महोत्सवलाई सहयोग गर्न राजनीतिक दल, उद्योगी, व्यापारी, विभिन्न संघसंस्था लगाएत आम नागरिकलाई अपिल गर्नु भएको हो।

तुलसीपुर महोत्सव शान्तिपूर्ण रुपमा सम्पन्न भएमा तुलसीपुर क्षेत्रको एकता, आपसी सदभाव भाइचारको सम्बन्धले सार्थकता पाउने अध्यक्ष घर्तीले बताउनुभयो