काँग्रेसको १४औँ महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु

काँग्रेसको १४औँ महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु

दाङ, मंसिर २७ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु भएको छ।

मतदान साँझ ५ बजेसम्म सक्ने कार्यतालिका रहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।

कांग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ-आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका छन्।

अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन्। कांग्रेस महाधिवेशनमा ४७ सय बढी प्रतिनिधि सहभागी छन्।