रोल्पामा पुस २ गतेबाट कोरोना भाइरस विरुद्धको भोरोसिल खोप लगाइने

रोल्पामा पुस २ गतेबाट कोरोना भाइरस विरुद्धको भोरोसिल खोप लगाइने

रोल्पा, मंसिर २७ । रोल्पामा पुस २ गतेबाट कोरोना भाइरस विरुद्धको भोरोसिल खोप लगाइने भएको छ । भोरोसिल खोपको दोस्रो मात्रा लगाउन बाँकी भएका र १८ वर्ष माथि सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

साथै गर्भवती महिलालाई पनि खोप लगाइने कार्यालयले जनाएको छ । तर खोप लगाउनका लागि गर्भवती भएको ३ महिना पुगेको हुने पर्ने छ । पुस २ गतेबाट जिल्लाका सबै वडा कार्यालयको खोप केन्द्रबाट खोप लगाउने कार्यक्रम सञ्चालन हुने कार्यालय जनाएको छ ।

खोप लगाउनका लागि दोस्रो खोप लगाउनेले पहिलो खोप लगाएको खोप कार्ड र पहिलो खोप लगाउनेले आफू १८ वर्ष भएको खुल्ने परिचय पत्र ल्याउनु पर्ने छ ।