दाङमा कोईलाखानीमा पुरिएर एक मजदुरको मृत्यु

दाङमा कोईलाखानीमा पुरिएर एक मजदुरको मृत्यु

दाङ, मंसिर २७। दाङमा कोईलाखानीमा पुरिएर एक मजदुरको मृत्यु भएको छ । उप(महानगरपलिका वडा नं. १ दाङ्जामा भन्ने स्थानमा रहेको पशुपती कोईलाखानी उद्योगमा पुरिएर घोराही १९ का ४६ वर्षीय भक्त बहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब १२ बजे घर्ती कोइला निकाल्न सुरुङ भित्र गएको समयमा त्यहि परिएका थिए । त्यसपछि उनलाई उद्धार गरेर राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा दिउँसो ३ बजे ल्याएइएको थियो ।

प्रतिष्ठानमै उपचारको क्रममा उनको सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।