‘दाई, एमाले सरकार बन्यो भने स्वदेश फर्कनु होला !

‘दाई, एमाले सरकार बन्यो भने स्वदेश फर्कनु होला !
गोपाल भण्डारी
लोकतान्त्रिक जनआन्दोलनमा मेरो सहभागिता सक्रिय थियो । छरछिमेकहरुलाई समेत मैले आन्दोलनपछिको उपलव्धीका बारेमा धेरै पटक बुझाउँदै गएपछि उहाँहरु पनि क्रमशः जनआन्दोलनमा सहभागि हुनुभयो । मैले सबैलाई एउटै कुरा भन्थे, ‘लोकतन्त्र प्राप्ती पछि मुलुकको भविष्य उज्ज्ल हुन्छ । समाज विकसित हुन्छ । जनताले राम्रोसँग सेवासुविधाहरु पाउनेछन् ।’
उत्साहपूर्ण तरिकाले लोकतान्त्रिक आन्दोलन सफल भयो । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । लोकतन्त्र आएको एक दशकसम्म पनि हामीले खोजेको जस्तो समाज बन्न सकेन । संविधानसभाबाट संविधान बनेपछि २० वर्षपछि स्थानीय तहको निर्वाचन भयो । त्यसको केही महिनापछि २०७४ सालमा संघ र प्रदेशको निर्वाचन भयो । निर्वाचनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेृत्वमा माओवादी केन्द्रसहितको सरकार बन्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो । उहाँले मुलुकको बाघडोर सम्हालेपछि साँचै भन्दा विकासको लहर चल्यो । गाउँगाउँमा सडक, पुल, सिचाई, स्कूल, अस्पतालहरु बने । व्यापार व्यवसाय पनि सोँचे अनुरुपकै भैरहेको थियो । हामी सबैलाई दुःख दिने किसिमले कोरोना आयो । कोरोनाको समयमा पनि केपी शर्मा ओलीको सरकारले जनतालाई सहज ढंगबाट जीवन यापन गर्न थुप्रै कामहरु ग¥यो । यस्तो अवस्थामा पनि हामी सबैले अफ्ठेरोमा परेकाहरुलाई मन फुकाएर सबै खालका सहयोग ग¥यौ । ओली सरकारले कारोनाकालमा पनि विकासलाई सही ढंगबाट अगाडी बढाउन सफल भयो ।
तर दुःखका साथ भन्नुपर्छ केपी शर्मा ओलीको सरकार ढलेपछि मुलुक पूर्णरुपले आर्थिक संकटको यस्तो महाजालमा परेको छ कि जसको प्रत्यक्ष असर सबै क्षेत्रमा परेको छ । लाखौ व्यवसायीहरु शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री भएपछि आजको दिनसम्म आउँदा बिस्थापित भएका छन् । कलकारखानाहरु बन्द छन् । आर्थिक संकट यति जर्जर बनेको छ कि कतिपयलाई विहान साँझको छाक टार्न समेत हम्मे हम्मे परेको छ ।
हिँजोको तुलनामा महंगाईले आकाश छोएको छ । विकास निर्माणका कामहरु यतिबेला ठप्प छन् । केपी शर्मा ओलीको पालामो बन्न लागेका सडक, पुल, भवन, सिचाईहरु सरकारले थप पैशा नदिँदा अलपत्र छन् । काम गरेका मान्छेहरुले समेत यतिबेला रकम नपाई रहेको अवस्था छ । यस्तो स्थिति किन आयो ? के कारणले मुलुक संकटको दलदलमा भासिदै गएको छ ? मुलुकलाई उभो लगाउनका लागि किन अहिलेको सरकारले कुनै ठोस कदम उठाएको छैन । बजार मन्द रहेको समयमा नेपालका वैंकहरुले व्याजदर दुईगुणा बढि बढाएका छन् । जसको बिरोधमा यतिबेला व्यवसायीहरु सडकमा उत्रिएका छन् । यस विषयमा सरकार अनि राष्ट्र वैंकले उचित निर्णय किन लिन सक्दैन ? के हाम्रा प्रधानमन्त्री देउवालाई समाज, देश अनि देशभित्र बसि रहेका नागरिकको  कुनै चिन्ता छैन ? महंगाईले आकाश छुँदा किन सरकारले यो विषयमा रत्तीभर चाँसो लिएको छैन ? के देउवा ज्योतिषीले भने जस्तै सात पटक प्रधानमन्त्री बन्नका लागि जस्तो सुकै मूल्य चुकाउन तयार छन् ? मुलुक संकटमा जाँदा भर्खरै बेलायका प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ प्रधानमन्त्री बने । तर हाम्रो देशमा यस्तो नैतिकता किन स्थापित हुन सकेन ? यि र यावत कुराहरुको जवाफ मसँग छैन । सायद यस्तै दिन आउँने नै थियो भने म उहिल्यै विदेशीने थिए । मलाई सबै भन्दा दुःख यतिबेला तल्ला घरे काइला पुरुषोत्तम थापा जो दुबईमा बसेर राम्रो कमाई गरिरहेको थियो, अब नेपालमै केही गरेर देखाउनुपर्छ भनेर उसलाई बोलाएकोमा पछुतो लागि रहेको छ । उ नेपालमै केही गर्छु भनेर ४ वर्ष अगाडी स्वदेश फर्किएको थियो । यहाँ आएर उसले आफूले विदेशमा कमाएको पैशाले फेन्सी पसल पनि गरेको थियो । भेट्दा पसलबाट राम्रो आम्दानी भैरहको कुरा सुनाउँथ्यो । तर एक वर्ष भयो उसले धेरै घाटा खाएर पसल बिक्री गरेर दुबई गएको । बिदेश जाँदा उसले म जान लागे, अब राम्रो माहोल भएपछि फर्कन्छु भनेको थियो । अहिले उसले भनेको कुरा मेरो कानमा ताजा बनेको छ । उ बिदेश जाँदा मैले यस पटक नजा भन्न सकिन । मनमनै उसलाई त्यहाँ राम्रो होस् भनेर आर्शिवाद दिए । मलाई थाहा थियो, एकवर्षपछि मुलुकमा निर्वाचन हुनेछ भन्ने कुरा । त्यसैले मैले मनमनै उसलाई भने, ‘दाई अब एमाले सरकार बनेपछि स्वदेश फर्कनु होला ।’
यो एक÷ढेड वर्षको अवधिमा यहाँ बसेर केही गर्न सकिदैन भनेर हजारौ, लाखौ व्यक्तिहरु विदेशिएका छन् । निर्वाचन पछि पनि अहिलेकै जस्तो अवस्था रहेमा अझै लाखौ व्यक्ति विदेशिने छु भन्ने सोँचमा छन् । अब पनि राम्रो सरकार, कामकाजी सरकार, देश र जनताको पक्षमा सोँच्ने, बोल्ने सरकार बन्न सकने भने अर्को निर्वाचनसम्म नेपालमा एक तिहाई जनता मात्र हुनेछन् । दुईतिहाइ व्यक्ति विदेशीने निश्चित छ । मुलुक अहिलेको जरजर अवस्थामा आउनुको पछाडी वर्तमान गठवन्धनको देउवा नेतृत्वको सरकार जिम्मेवार भएकाले एउटै आशा छ, अबको निर्वाचनबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार बन्छ । ओली नेतृत्वको सरकार बनेपछि पहिलेको जस्तै समाज सही ठाउँमा आउनेछ, व्यापारव्यवसाय राम्रो तरिकाले सूचारु हुनेछ, विकासले फेरि रफतार पकड्नेछ । नेता ओली बोल्नमा जति माहिर हुनुहुन्छ, काम गर्नमा पनि उहाँ त्यतिकै सक्षम हुनुहुँदो रहेछ भन्ने कुरा उहाँको नेतृत्वमा बनेको सरकारले गरेका कामहरुलाई मूल्यांकन गर्दा थाहा हुन्छ । मैले यहाँ यति कुरा लेखि रहँदा तल्ला घरे काइलालाई भन्न मन लाग्यो, अबको निर्वाचनबाट कामकाजी सरकार बनेन भने काइला म पनि यही वर्षभित्र विदेशीनेछु ।
गठवन्धन सरकारका कारण राजनीति देखि नै वाक्क दिक्क भएको थियो । मेरो क्रान्तिकारी जोस एक प्रकारले भन्ने हो भने हराई सकेको थियो । एमसीसीको विपक्षमा धेरै नै नारा जुलुश गरियो । जसले यसको बिरुद्धमा हामीलाई सडकमा उचाल्यो, उसैले यसलाई पास ग¥यो । राष्ट्रियताको पक्षमा हिँजो देखा परेको दल आज सत्ता र कुर्सीको लागि राष्ट्रियता नै बिक्री गर्ने, राजनीतिक सिद्धान्त बन्दकी राख्ने स्तरमा पुग्यो ।
म आशाबादी मान्छे हुँ । समाज परिवर्तन हुनुपर्छ भन्ने जोसीलो आँट मनमा भएका कारण निराशाको भुमरीमा अझैसम्म पिल्सिएको छैन । मेरो आशा अबको निवार्चन पछि मुलुकको मुहार फेरिनेछ । कामकाजी सरकार बन्नेछ । जनताले अहिलेको जजर अवस्थाबाट मुलुकलाई पार लगाउन सक्ने दललाई नै जिताउनेछन् भन्ने हो । यदि अब पनि कामकाजी सरकार बनाउनका लागि हामीले विवेकपूर्ण निर्णय गर्दै मत जाहेर गर्न सकेनौ भने मुलुक बर्बादीको दिसामा जाने निश्चित छ ।
(घोराही–१५ भरतपुर, दाङ)