रक्षामन्त्रीबाट रिजालले दिए राजीनामा

रक्षामन्त्रीबाट रिजालले दिए राजीनामा

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु’

विस्तृत विवरण आउन बाँकी छ ।