कांग्रेसको १४ औं महाधिवेशन:कांग्रेसमा तीन सहमहामन्त्री निर्वाचित

कांग्रेसको १४ औं महाधिवेशन:कांग्रेसमा तीन सहमहामन्त्री निर्वाचित

दाङ, पुस २। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गर्नुभएको छ। डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याउनुभयो।

आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा पनि कोइराला प्यानलका विकास लामालाई हराउँदै देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित हुनुभएको छ। लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी हुनुभएको हो। जम्मा ४६८१ मत खसेकोमा आङ्देम्बेले २७११ मत ल्याउनुभएको छ भने लामाले १९१३ मत ल्याउनुभएको छ।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलबाट जीवन परियार निर्वाचित हुनुभएको छ। सभापति देउवा प्यालनका मानबहादुर विश्वकर्मालाई पराजित गर्नुभयो। परियारले २२१२ मत र प्रतिस्पर्धी विश्वकर्माले २११२ मत ल्याउनुभयो।

अरु पाँच सहमहामन्त्री पदको मतगणना भने आज हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। अब मधेसी, खस(आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन बाँकी छन्।