एमालेमय बन्दै घोराही–२

एमालेमय बन्दै घोराही–२

घोराही । बैशाख ३० गई हुन गईरहेको स्थानिय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन नेकपा एमाले घोराही– २ ले प्रचार प्रसार तिब्र पारेको छ । नेकपा एमाले घोराही –२ का अध्यक्ष विपतराम चौधरीको नेतृत्वमा घोराही २ मा एमाले बाट उम्मेदवार बनेका चित्र ब.चौधरी, सदस्यहरु शरद डिसी, हिमा पुरी, सीता विक, टोपेद्र डिसी लगायलको उपस्थितिमा सयौंको संख्यामा घरदैलो अभियान गरीरहेको छ ।

रामपुर बजारबाट प्रचारप्रसार गर्दै निस्केको टोली पलासे हुँदै कांग्रेसको पक्कड मानिने वालापुर टोलमा पुगेर कोणसभा गरेको थियो । कार्यक्रममा एमालेका तर्फबाट घोराही उपमहानगरका मेयरका उम्मेदवार नरुलाल चौधरी उपमेयरकी उम्मेदवार हुमा डिसीले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित स्थानियले अहिलेको अवस्थामा एमालेको विकल्प नभएको बताउँदै परमादेशबाट बनेको गठबन्धनको भविष्य नभएको बताएका थिए । घोराही–२ मा कांग्रेस माओबादी समर्थहरुपनि एमालेका उम्मेदवार जिताउन भित्रभित्रै प्रचारप्रसार गरीरेहको बताइएको छ ।