दंगीशरण-५ का युवाहरुको एमालाई समर्थन, सूर्य चिन्हमा मत माग्दै घरदैलो

दंगीशरण-५ का युवाहरुको एमालाई समर्थन, सूर्य चिन्हमा मत माग्दै घरदैलो

दंगीशरण । दंगीशरण गाउँपालिका वडा न. ५ का अधिकांश यूवाहरुले एमालेलाई समर्थन गर्दै चुनावी अभियानमा लागेका छन् ।

वडा न. ५ मा जारी घरदैलो कार्यक्रममा युवाको व्यापक सहभागिता देख्रिएको छ । वडा अध्यक्षका उम्मेद्धार निरज वस्नेतलाई सूर्य चिन्हमा मतदान गरेर जिताउन युवहरु सकृयताका साथ घरदैलो अभियानमा लागेका छन । ‘निरज वस्नेत आफैमा एक सक्रिय, सरल मान्छे भएकाले यसपालीको चुनावमा निरजलाई जिताउँछौँ ।’ एक युवाले भने ।

जनतासँगको भेटघाटमा वडा अध्यक्ष पदका उम्मेद्धार निरज वस्नेतले वडामा अझैपनी खानेपानीको समस्या रहेकोे भन्दै आफु विजयी भएपछि शुरुमा खानेपानी र सिचाईका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । साथै युवाहरुको लागि रोजगारमुलक कार्यक्रम संचालन गर्ने प्रतीबद्धता उनले जनाएका छन । आज वडा न. ५ को खलुवाचिस, कुमलगडि, लोवस्ता, डाडाँगाउँ, डाडाचिस, खल्वाचिस, कुर्री लगाएतका गाउँमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।