घोराहीका ३ वटा वडामा एमालेको भव्य सभा, एमालेको जित सुनिश्चित भएको दावी

घोराहीका ३ वटा वडामा एमालेको भव्य सभा, एमालेको जित सुनिश्चित भएको दावी

घाेराही । नेकपा एमाले घोराही उपमहानगर कमिटीले नगरका ३ वटा वडामा बृहत चुनावी सभा गरेको छ । आईतबारबाट चुनावी सभा शुरु गरेको नेकपा एमाले घोराही उपमहानगर कमिटीले वडा नम्बर १ को सिमलतारा, २ को बुका र ४ को सुनपुरमा भव्य चुनावी सभा गरेको हो । चुनावी सभामा उल्लेख्य नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार नरुलाल चौधरीले नेकपा एमालेको जित सुनिश्चित भएको भन्दै घनिभूत ढंगले चुनावी अभियानमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । चुनावी प्रतिस्पर्धामा रहेको गठबन्धन सँग डराउन आबस्यक नभएको भन्दै उहाँले एमाले जनताको मतबाट सहजै विजयी हुने बताउनुभयो ।

नेताहरुको टाउको जोडेर चुनाबमा जाने र जनताको मन जोडेर चुनाबमा जानेको मूल्यांकन मतदाताले गरेको भन्दै एमालेको जित सुनिश्चित भएको दावी गर्नुभयो । चौधरीले आफुले ५ बर्षको अबधीमा सामाजिक, आर्थिक तथा पूर्वाधार क्षेत्रको जग बसालेको र आउने कार्यकालमा त्यसलाई दिगोपना दिदै आम्दानी सँग जोड्ने गरी कार्यक्रम ल्याउने योजना सुनाउनुभयो ।

अब आर्थिक संबृद्धी नै प्रमुख एजेण्डा हुने भन्दै उहाँले वितेको ५ बर्षमा त्यसका लागि आधार तयार गर्न सफल भएको दावी गर्नुभयो । कृषि, पशुपालन, उद्यम, व्यापार, सिप, कलाको प्रबद्र्धन गर्दै नागरिकको जीवन स्तर उठाउन आर्थिक पाटोलाई प्रथामिकता दिएर काम गर्ने सोच रहेको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य, पूर्वाधार, शुसासनलाई थप सुधार गर्दै लैजाने उहाँको भनाई छ ।

अरुलाई गालि गरेर आफु राम्रो देखिने भन्दा पनि आफुले राम्रो गरेर देखाउने सोचका साथ आफु अघि बढेको भन्दै अब एमाले नै जनताको रोजाई पर्ने बताउनुभयो । उपप्रमुखका उम्मेदवार हुमा डिसीले महिलाहरुको हक अधिकार स्थापित गर्दै हिंसा रहित समाज बनाउने र आर्थिक सुधार ल्याउने गरी आफुले काम गर्ने बताउनुभयो ।

लैंगिक समानतालाई जोड दिदै कुनै पनि क्षेत्रमा हुने बिभेदलाई अन्त्य गर्ने र महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउने सोच रहेको योजना सुनाउनुभयो । सभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य शान्ता चौधरीले जनताको पार्टी नै नेकपा एमाले भएको बताउनुभयो । गठबन्धनले एमालेले गरेका कामलाई प्रचारमा लगेर भोट मागिरहेको बताउनुभयो ।

हेर्नुहाेस घोराही उपमहानगर कमिटीले वडा नम्बर १ को सिमलतारा, २ को बुका र ४ को सुनपुरमा गरेकाे भव्य चुनावी सभाकाे केही झलक