लमहीमा चुनावी सभा र घरदैलो जारी, एमालेकाे पक्षमा माहाेल

लमहीमा चुनावी सभा र घरदैलो जारी, एमालेकाे पक्षमा माहाेल

लमही । नेकपा एमालेले चुनावी अभियान अन्तरगत घरदैलाे तथा काेण सभा सम्पन्न गरेकाे छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर लमही नगरपालिका-८ गणेशपुरमा चुनावी सभा सम्पन्न भएको छ ।

निर्वाचन परिचालन समितिका संयाेजक सञ्जय नेपालीकाे अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य गंगा थारुकाे प्रमुख उपस्थितिमा सम्पन्न सभालाई सम्बाेधन गर्दै परमादेशी गठबन्धन सरकार जनमतबाट बिस्थापित गरिने ठाेकुवा गर्नु भयाे ।

कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य रेवतीरमण शर्मा, निर्वाचन परिचालन मुल समितिका संयाेजक रतनकुमार केसी, प्रदेश कमिटी सदस्य कुलबहादुर केसी, मेयर पदका उम्मेदवार दण्डीराम चाैधरी, उपमेयरकी उम्मेदवार शुसिला शर्मा, वडा अध्यक्ष पदका उम्मेदवार जनक बुढा लगायतले सूर्यमा मत माग्नु भयाे । यसपालिकाे निर्वाचन एमालेकाे जित सुनिश्चित भएको बताइएको छ ।