घोराहीमा जसपाका उम्मेदवार सहित कांग्रेसका टोल सभापती एमालेमा प्रबेश

घोराहीमा जसपाका उम्मेदवार सहित कांग्रेसका टोल सभापती एमालेमा प्रबेश

घोराही । स्थानीय तह निर्वाचनमा जनता समाज पार्टीका तर्फबाट महिला सदस्य उम्मेदवार रहेका एक जना नेकपा एमाले दाङमा प्रबेश गर्नुभएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ बाट जनता समाजबादी पार्टीका तर्फबाट महिला सदस्यका उम्मेदवार बन्नुभएकी भीमाकुमारी भण्डारी एमालेमा प्रबेश गर्नुभएको हो ।

नेकपा एमाले नगर कमिटीले वडा नम्बर १ को सिमलतारामा आयोजना गरेको बृहत चुनावी सभामा भण्डारीलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं नगर प्रमुखका उम्मेदवार नरुलाल चौधरीले एमाले पार्टीमा स्वागत गर्नुभएको हो ।

सोही कार्यक्रममा नेपाली कांग्रेसको जनबर्गिय संगठन नेपाल दलित संघका क्षेत्रिय अध्यक्ष एवं बर्तमान कृयाशिल सदस्य छविलाल सुनार सहितको टिम पनि एमालेमा समाहित हुनुभयो । यसैगरी, वडा नम्बर ४ मा पनि नेपाली कांग्रेसको तारकेनी टोल कमिटीका सभापती र सचिब समेत एमालेमा प्रबेश गर्नुभएको छ ।

टोल कमिटी सभापती रामकुमार रोका, सचिब लालबहादुर सुनार, क्रियाशिल सदस्य गिरमान बुढालाई नगर प्रमुखका उम्मेदवार नरुलाल चौधरीले एमाले पार्टीमा स्वागत गर्नुभयो । त्यसैगरी अर्का क्रियाशिल सदस्य श्रीधर बुढामगर, नेकपा माओबादी केन्द्रका सकृय कार्यकर्ता दामबहादुर बुढामगर पनि नेकपा एमालेमा प्रबेश गर्नुभएको छ ।