नेकपा एमाले घोराही– १६ को २५ बुँदै प्रतिबद्धतापत्र सार्वजनिक

नेकपा एमाले घोराही– १६ को २५ बुँदै प्रतिबद्धतापत्र सार्वजनिक

घोराही । नेकपा एमाले घोराही उपमहानगरपालिका– १६ ले २५ बुँदै प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । नेकपा एमाले घोराही –१६ का अध्यक्ष जगलाल चौधरीको अध्यक्षता एवं नेकपा एमाले दाङ जिल्ला सचिव मनोहर बुढाथोकीको प्रमुख आतित्थ्यतामा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।

सो अवशरमा नेकपा एमले दाङका प्रचार विभाग प्रमुख सविन प्रियाशन, घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरी, एमालेबाट घोराही –१६ का अध्यक्षका उम्मेदवार रविन विसी, सदस्यका उम्मेदवारहरु लगायतले बोल्नुभएको थियो ।