घोराही–१२ मा एमालेको घरदैलो जारी, द्रोणका पक्षमा जनलहर

घोराही–१२ मा एमालेको घरदैलो जारी, द्रोणका पक्षमा जनलहर

घोराही । नेकपा एमाले घोराही उपमहानगरपालिका– १२ ले संचालन गरेको घरदैलोमा एमालेप्रति जनलह् देखिएको छ । नेकपा एमाले– १२ का अध्यक्ष जोगेन्द्र बिष्टको नेतृत्वमा घरदैलो र चुनावी प्रचार प्रसार भईरहेको छ ।

बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा घोराही १२ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार द्रोण बहादुर बहकरी र सद्स्यहरु शान्ता सेर्पाली, प्रज्ञा बुढा, बुद्धिराम शर्मा, भिमसेन थापा लागयता सायौंको संख्यामा एएमाले कार्यकर्ता एवं स्थानियले घरदैलो गरीरहेका छन ।

२७६ घर दुरि भएको सबिक घोराही– २ गुर्जेमा एमालेले ‘पकड’ जमाएसंगै एमाले उम्मेदवारले जित सुनिश्चित भएको बताउन थालेका छन । गठबन्धानको आन्तरिक विबादले पनि एमाले घोराही–१२ मा बलियो देखिएको बताइएको छ ।