दंगीशरणमा मेघनाथ शाह एमएनले किन जित्ने ?

दंगीशरणमा मेघनाथ शाह एमएनले किन जित्ने ?

दंगीशरण । दंगीशरण गाउँपालिकाका नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्धार मेघनाथ शाह एमएन ले स्थानीय सरकार घरदैलोको सरकार रहेको बताएका छन् ।

दंगीशरण प्रेस चौतारी संचार डेक्स संगको कुराकानीमा अध्यक्ष शाहले यस्तो बताएका हुन् । ‘स्थानीय सरकार हरेक नागरीकहरु जिवनस्तर माथी उठाउँने उनीहरुको गरिवीपनालाई दुर गराउँने र सधैँ ढोका खुल्ला राख्ने सरकार भएकाले कुनै पनि तरीकाले काखापाखा नगरी समान तरीकाले न्याय प्रदान गर्ने दृढ संकल्प हो ।’ उनले भने ।

दंगीशरणलाई नमुना यूक्त गाउँपालिका र समृद्ध दंगीशरण बनाउँने लक्ष्य छ । मेघनाथ शाह एमएन जित्ने केहि मुख्य योजना तथा एजेण्डाहरु यसरी प्रश्तुत गरेका छन् ।

नेकपा एमाले दंगीशरण गाउँपालिकाको सुर्य ध्वजाबाहक अध्यक्ष पदका उम्मेदवार मेघनाध शाह(एम.एन) र प्यानललाई विजय बनाउने योजना तथा कार्यक्रमहरुः–

१.पार्टीले सुरु गरेको जेष्ठ नागरिक तथा सुरक्षा भत्ता लिन बैंकमा कुर्नु नपर्ने र सम्बन्धित व्यक्तिको हातमा पुग्नेगुरी घरमै भत्ता पुर्याउने ।

२.“ एक वडा, एक उद्यम“ कार्यक्रम अन्तर्गत स्वदेशमा रहेका वा विदेशबाट फर्किएका युवाहरुलाई उद्यमशीलता सिपमुलक तालिम र अनुदानमा रकम समेत उपलब्ध गराई दंगीशरणका युवाहरुलाई स्वरोगार बनाउने ।

३.महिलाहरुलाई सशक्तीकरण , उधमशीलतामा जोड दिदै “सम्मान काम , सम्मान ज्याला“ को व्यवस्था गरिने ।

४.सुत्केरी महिला , तत्काल बिरामी तथा दुर्घटना भएमा गाउँपालिका अध्यक्ष चठ्ने गाडी एम्बुलेन्सका रुपमा संचालन गर्नुको साथै गरीव तथा न्यून आय स्तर भएका नागरिकहरुलाई गाउँपालिकामा रहेका एम्बुलेन्स भाडामा छुट गरिने ।

५.युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि प्रत्येक वडामा खेलकुद मैदान तथा गाउँपालिका स्तरीय खेलकुद रङ्गशाला निर्माण सहित युवा खेलाडीहरुलाई सम्बन्धित खेलहरुको तालिम सेन्टरको व्यवस्था गरिने ।

६. थारु कला, संस्कृति तथा परम्पराको संरक्षण हुनेगरी थारु संग्रहालय तथा पर्यटकीय स्थल र होमस्टे निर्माण, बहुउद्धेश्यीय तालीम केन्द्र स्थापना गरिने ।

७.किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफुल , खाद्यान्न बालि , दुधजन्य , मासु तथा माछालाई समयमा, सहज र सुहलियत भाडा दरमा बजार पुर्याउन गाउँपालिकामा कृषि एम्बुलेन्सको व्यवस्था र उत्पादित वस्तुको उचित मूल्य र बजारीकरणको ग्यारेन्टी गरिने ।

८.“एक वडा, एक कृषि, एक उधम“ कार्यक्रम अन्तर्गत पकेट क्षेत्रका रुपमा प्रत्येक वडामा आधुनिक , प्रविधियुक्त एक कृषि उधम र किसानहरुलाई अनुदानमा कृषि औजार, उन्नत बीउ विजन तथा पशुपंक्षी , प्राङगीक– जैविक मल , जलवायु परिवर्तनमैत्री कृषि प्रणाली र अर्गानिक खेतीको विकास गर्नुको साथै कृषि बिमा कार्यक्रम संचालन गरिने ।

९.उच्च शिक्षा सम्म निःशुल्क शिक्षा , दलित गरीव तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति, सामुदायिक विद्यालयमा गुणस्तरीय, प्राविधिक तथा व्यावसायिक शिक्षा, कृषि प्रयोगशाला निर्माण तथा कृषि शिक्षा , ई– लाईब्रेरी , अपांगता बालबालिकामैत्री शौचालय ,अपांगता शिक्षकमैत्री , सिकाई भौतिक पुर्वाधार निर्माण ,स्यानिटरी प्याडको भरपर्दो व्यवस्था र विद्यार्थीहरुको संख्याको आधारमा स्कुल बसको व्यवस्था गरिने ।

१०.जेष्ठ नागरिक, गरीव घरपरिवारलाई निःशुल्क औषधी उपचार र अपांगता भएका ब्यक्तिहरुको प्रकृती अनुशार हरेक वडा हरेक महिना स्वास्थ्य परिक्षण तथा चेकजाँच गरिने ।

११.खर वा खप्टाका छाना विस्थापित गर्ने गरी टिनको छाना कार्यक्रमलाई तिव्र रुपमा लैजाने र पाँच वर्ष भित्र खरमुक्त पालिका बनाउने ।

१२.दलित , सुकुम्बासी तथा अवस्थित बसोबास समस्यालाई समाधान गर्न जग्गा नापजाँच गरी पालिकाबाट हुने कार्य निरन्तरता दिई प्रदेश , संघको समन्वयमा सबैका हात–हातमा लालपुर्जा वितरण गरिने ।

१३. खानेपानी , सिचाइ , सडकपुल, बत्ती बिजुली तथा अन्य कुराहरु प्रतिबद्धता पत्रमा प्रमुख बुदाका रुपमा समावेश गरिएको छ ।