मन्त्री चौधरीले दाङको गढवामा मतदान

मन्त्री चौधरीले दाङको गढवामा मतदान

शिबु खनाल
देउखुरी, ४ मंसिर
सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको गढवामा मतदान गर्नुभएको छ । मन्त्री चौधरीले दाङको गढवा गाउँपालिका जनता माध्यमिक विद्यालय गढवाको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । बाम लोकतान्त्रिक गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार समेत रहनु भएका मन्त्री चौधरीले आफ्नो मतदान केन्द्रमा पुगि मतदान गरेपछि दाङ क्षेत्र नम्बर १ का सबै मतदान स्थलमा पुग्ने समेत जानकारी दिनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो,‘यो राष्ट्रिय उत्सवमा सबै मतदातालाई निर्धक्क भएर आफ्नो मतदान स्थलमा पुगेर मतदान गर्न समेत आग्रह गर्दछु ।’ यस्तै नेकपा एमालेकी नेत्री तथा नेकबपा एमालेको तर्फबाट प्रतिनिधिसभाकी उम्मेदवार शान्ता चौधरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर २ को लक्ष्मीपुरको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसख्या तथा परिवार कल्याण मन्त्री तथा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट दाङ प्रदेशसभा १ (१) उम्मेदवार इन्द्रजित थारुले गढवा गाउँपालिका वडा नम्बर ३ को आदर्श राप्ती प्रावि बाट मतदान गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट दाङ प्रदेशसभा १ (१) उम्मेदवार गंगाराम भट्टराईले राप्ती गाउँपालिकाको शंकर मावि पिपरीबाट मतदान गर्नुभएको छ ।

यस्तैगरी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट दाङको प्रदेश १ (२) उम्मेदवार अनुराग खड्काले अनुराग खड्काले लमही नगरपालिका वडा नम्बर ८ को ज्ञानज्योती माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । भने नेकपा एमालेका प्रदेश १ (२) का उम्मेदवार कुलवहादुर केसीले लमही नगरपालिका वडा नम्बर ५ को मावि कोलहीबाट मतदान गर्नुभएको हो ।।