पहिले केहि गल्ती भयो, अब सच्याउँछौ: प्रचण्ड

पहिले केहि गल्ती भयो, अब सच्याउँछौ: प्रचण्ड

दाङ, मंसिर १६। नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पहिले आफ्नो पार्टीले केही गल्ती गरेको भन्दा अब भने सच्याइने बताउनुभएको छ। काठमाडौंमा पार्टी प्रवेश एक समारोहलाई सम्बोधन गर्दै गर्दै उहाँले शहिद परिवार, घाइते, अपांगलाई जति ध्यान दिनु पर्ने हो त्यति नदिएर केही गल्ती गरेको स्वीकार्नु भएको हो ।

प्रचण्डले पहिला यतातिर ध्यान नदिएर काठमाडौंमै नेताहरुबीच लडाइ गर्नमा ब्यस्त भएको जस्तो भए पनि अब भने त्यस्तो नहुने उल्लेख गर्नुभयो । उहाँले देशमा संघीयता स्थापना गर्न, दलित, महिला, मुस्लिम, अल्पसंख्यक, आदिवासी जनजातिको अधिकारी स्थापना गर्न माओवादीको नै मुख्य भूमिका रहेको भन्दै अहिले आफूहरु कमजोर हुँदा यि सबै अधिकार धरापमा पर्ने स्थिति आएको बताउनुभयो ।

साथै उहाँले माओवादी बलियो नभए देश खतरामा पर्ने भन्दै जसरी भएपनि माओवादी बलियो हुनु पर्ने उल्लेख गर्नुभयो ।