आगामी चुनावमा चौधरी द्वारा पोख्रेल लाई चुनौती

आगामी चुनावमा  चौधरी द्वारा पोख्रेल लाई  चुनौती

१७ मंसिर, दाङ । नेकपा एमालेकोमहासचिव शंकर पोखरेललाई आफूसँग आफूसँग चुनाव लडेर देखाउन नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले चुनौती दिएका छन् ।

उनले दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफूसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न पोखरेललाई शुक्रबार पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले चुनौती दिएका हुन् ।
समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको आरोप लगाउंदै चौधरीले पोखरेललाई जनताले आगामी निर्वाचनमा हराइदिने बताए ।
माओवादी केन्द्रसंग एकता हुँदा पनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का भएकोले पोखरेलले २०७४ सालमा अर्को निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेको चौधरीले आरोप लगाए ।

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले तीन महिनामा तीन लाख जना आफ्नो पार्टीमा प्रवेश गरेको बताए ।