कार्की र राईलाई मेरि अाइडेन्टी अन्तर्राष्ट्रिय सम्मान

कार्की र राईलाई मेरि अाइडेन्टी अन्तर्राष्ट्रिय सम्मान
  •  काठमाडौं २२ मंसिर । राजस्थानकाे जयपुरमा उल्टाे माेटरसाईकल यात्री चित्रकुमार कार्की र लेखक तथा खेलाडी रक्षकुमार राईलाई नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सम्मान बाट सम्मानित गरिएको छ । भारतका प्रदेश मन्त्री एरा डी शर्माले नेपालको राष्ट्रिय झन्डा अाेडाएर सम्मानपत्र मेमाेन्टाे सहित सम्मान गरिएको थियोे । सम्मान समारोहमा नेपाल भारत दुवई थाइल्यान्ड जापान अमेरिका लगाएत ११ देशका विभिन्न क्षेत्रमा स्थापित व्यक्तिको उपस्थिति रहेको थियोे । मेरिअाइडेन्टी अन्तर्राष्ट्रिय म्यागजिनले अायाेजना गरेको कार्यक्रममा नेपालका चित्रकुमार कार्की र रक्षकुमार राईलाई अन्तर्राष्ट्रिय सम्मान छनाेट समितिले सम्मान दिने निर्णय गरेको अायाेजक समिति अध्यक्ष डाक्टर सेर सिह बगेलाले बताएका छन् । कार्कीले सन 2011 मा शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण पर्यटन प्रवर्द्धन लगाएत नारा सहित नेपालको मेचीदेखि महाकालीसम्म उल्टो यात्रा गरेर विश्व रेकर्ड राखेका थिए । साथै अन्य पत्रकारिता सगै सामाजिक काममा समेत अग्रसर रहेका छन् । राई लेखक तथा खेलाडी विश्व रेकर्ड राखि सकेका ब्यक्ति हुन । कार्की र राई दुवैलाई १८ गते हाेटल कार्लस राजस्थानमा सम्मानित गरिएको थियोे ।