अटल युबा क्लब र ज्ञानज्योती इनोभेटिभ एकेडेमी सेमिफाइनलमा

अटल युबा क्लब र ज्ञानज्योती इनोभेटिभ एकेडेमी सेमिफाइनलमा

२७ मङ्सिर दाङ
एन्फा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०७८ मा आज भएको खेलमा अटल युवा क्लब र ज्ञानज्योती इनोभेटिभ एकेडेमी बिजयी हुँदै सेमिफाइनलमा प्रवेश ! आज भएको पहिलो खेलमा अटल युवा क्लब र घोराही स्पोर्ट्स क्लब ९० मिनेटको निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेल सिधै टाईब्रेकरमा पुगेको थियो ! उक्त टाईब्रेकरमा अटल युवा क्लबले ४-२ गोलले घोराही स्पोर्ट्स क्लबलाई हराउदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ! दोश्रो खेल सक्रिय युवा क्लब बबई गाँउपालिका र ज्ञानज्योती इनोभेटिभ एकेडेमीले प्रतिस्पर्धा गरेको उक्त खेल पहिलो हाफ गोलरहित सकिएको थियो भने दोश्रो हाफमा ज्ञानज्योतीले २ गोल गर्दै खेल २-० ले जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकोछ ! सक्रिय युवा क्लबले ३ वटा उत्कृष्ट गोल गर्ने मौका गुमाउदा खेलमा पराजित हुन पुग्यो !
भोलि मंसिर २८ गते नवलपुर फुटबल मैदानमा सेमिफाइनल खेल हुनेछ , जस्मा १२:०० बजे बडहरा युवा क्लब र टरिगाँउ युवा क्लब र २:०० बजे अटल युवा क्लब र ज्ञानज्योति इनोभेटिभ एकेडेमी हुने छ भने फाइनल खेल पुस १ गते हुने दाङ जिल्ला फुटबल संघको कार्यसमितिको सदस्य दिपक पुनले जानकारी दिनु भयको छ ।