लमहिमा चौथो नगरस्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ आज बाट सुरु

लमहिमा चौथो नगरस्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ आज बाट सुरु

बिकाश भट्टराई
पुस २६ दाङ
दाङको लमहि नगरपालिका स्तरिय चौथो रास्ट्रपति रनिङ शिल्ड २०७८ लमहि १ नर्तिको श्री सुर्य बिनायक मा.वि. मा सुरु भएको छ । प्रत्येक बर्ष लमहि नगरपालिकाले छुट्टाएको बजेटमा नगरपालिकाभित्रका २० विभिन्न विद्यालयको सहभागि हुने गरि उक्त प्रतियोगिता नगर भित्रको एक विद्यालयले आयोजना गर्ने गर्दछ ।
प्रतियोगितामा आधारभुत विद्यालय र माध्यमिक विद्यालयका छुट्टाछुट्टै प्रतियोगि हुन्छन । आवि तर्फ ८ कक्षा र उमेर १४ बर्ष नकटेका र मावि तर्फ १२ कक्षा र १८ वर्ष नकटेका खेलाडीहरुले सहभागी जनाउने गर्दछन ।
प्रतियोगिता भरि एथलेटिक्सका १०० मिटर दौड, २०० मिटर दौड , ४००मिटर दौड, ८०० मिटर दौड, ४*४०० मिटर दौड र ३२०० मिटर दौड रहेको छ भने ग्रुप गेम अन्तर्गत कबर्डि र भलिबल खेल रहेका छन् । यि सबै खेल मावि तर्फका दुबै छात्र र छात्राका लागि हुनेछ भने । आवि तर्फका छात्र छात्राका लागि एथलेटिक्सका १००, २००, ४०० मिटरका दौड तथा कबर्डि खेल हुनेछ । तेस्तै मार्च पास्ट सलामीमा उत्कृष्ट हुने र प्रतियोगिता भरि अनुसाशित खेल्ने एक-एक विद्यालयका टिम लाई गोल्ड मेडल दिइनेछ ।
प्रतियोगितामा प्रथमलाई गोल्ड, द्वितीयलाई सिल्भर र तृतीयलाई ब्रोन्ज मेडल सहित प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
खेलमा एथलेटिक्समा कबर्डि र भलिबलमा दाङ जिल्ला बाट खेलिसक्नु भएका खेलाडिहरु नै रेफ्रीको भुमिकामा हुनुहुन्छ ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि लमहि नगरपालिका मेयर कुल बहादुर केसि, विशिष्ट अतिथि उपमेयर देवका बेल्बासे, सभाअध्यक्ष विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शोभा घिमिरे र लमहि नगर विद्यालय प्रशासन प्रमुख रबिन्द्र क्षेत्रीले कलशमा दियो बालेर गर्नु भयो । तेस्तै प्रतियोगिताको स्वागत मन्तव्य विद्यालय प्रअ बिष्णु प्रसाद पौडेल र कार्यक्रम सन्चालक तेसै विद्यालयका शिक्षक हरि रिजालले गर्नु भयो ।