दाेस्राे मेयरकप भलिबल प्रतियोगिता गाेरखा स्कुलकाे हातमा

दाेस्राे मेयरकप भलिबल प्रतियोगिता गाेरखा स्कुलकाे हातमा

शिवु खनाल
देउखुरी, १८ चैत
लमहीमा जारी मेयरकप भलिबल प्रतियोगिता गाेरखा स्कुल लमहीले हात पारेको छ ।

शान्तिनगर टाेल विकास संस्था लमहीले आयाेजना गरेको दाेस्राे मेयरकप भलिबल प्रतियोगितामा लमही नगरपालिका वडा नं. ४ काे समुहलाई हराउँदै गाेरखा स्कुलले ट्रफी चुम्न सफल भएको हाे ।

लगातार पाँच दिन भलिबल खेल पश्चात् गाेरखा स्कुल लमही र वडा नं. ४ समुह फाइनली मैदानमा प्रवेश गरेका थिए ।

शुक्रबार लमही नगरपालिका वडा नं. ४ काे समुह र गाेरखा स्कुल लमही विच फाइनल प्रतिस्पर्धा भएको थियो । वडा नं. ४ काे समुहलाई साेझाे तीन सेटमा हराउँदै गाेरखा स्कुल लमहीले दाेस्राे मेयरकप भलिबल प्रतियोगिताकाे ट्रफि चुम्न सफल भएको हाे ।

गाेरखा स्कुलमा अध्यनरत गुमानसिंह गिरिलाई भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घाेषणा गरिएको छ । स्कुलले ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद तीस हजार रूपैयाँ हात पारेको छ ।

प्रतियोगितामा वडा नं. ४ ले मेडल, प्रमाणपत्र र नगर बीस हजार हात पार्दै द्वितीय भएको हाे । प्रतियोगितामा नाैजाना समुहकाे सहभागी रहेको थियोे । खेल लमहीकाे सार्वजनिक बगैंचामा भएको थियो ।

प्रतियोगितामा एम्पाएरकाे भुमिकामा पूर्व राष्ट्रिय खेलाडी तथा भलिबल काेच भरत कवर र कैलाश चाैधरी रहनुभएकाे थियोे ।।