बाँके माथी शानदार जित हासिल गर्दै दाङ फ़ाईनलमा ।

बाँके माथी शानदार जित हासिल गर्दै दाङ फ़ाईनलमा ।

हिमाल महरा २ कार्तिक, दाङ वाइ वाइ यु-१९  प्रदेश  क्रीकेट प्रतियोगिता मा दाङको अपराजित यात्रा कायमै बाँके माथी शानदार जित हासिल गर्दै फ़ाईनलमा
कपिलबस्तुसंग प्रतिस्पर्धा गर्ने  भयको छ भोलि बिहान ९:30 बजे हुने हुँदै छ ।

वाई वाई यु-१९ प्रदेश क्रिकेट छनौट प्रतियोगितामा दाङले प्रतियोगिताको अंतिम लिग खेलमा बाँकेलाई ३ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। टस जिती पहिला बलिंग गर्ने दाङका कप्तान बिसम थापाको निर्णय लाई सही साबित गर्दै दाङको उत्कृष्ट बलिंग़को अगाडि बाँके निर्धारित ४० ओभरको खेलमा ३३.२ ओभरमा सबै विकेट गुमाऊदै ११४ रनमा समेटिएको थियो। बाँकेका लागि विकेटकीपर ब्याटसम्यान सन्दीप नेपाली , सोम शर्मा र लबकुश यादव ले क्रमशः ४०,२३ र १० रन बनाउनु बाहेक अन्य ब्याटसम्यान हरु ले समझिने लाएक प्रदर्शन गर्न सकेनन यता दाङका लागि दुई तिब्र गति का बलर कमल वली र बिर बहादुर घर्ती ले आफ्नो उत्कृष्ट लय क़ायम राखदै क्रमशः ८ ओभर मा ३ मेड़न राखी १९ रन दिएर ३ र ५ ओभर १ मेडन १८ रन दिएर २ विकेट लिएका थिए साथै तुल बहादुर थापा आयुष वली र करण घर्ती मगर ले क्रमशः २,२ र १ विकेट बाडेका थिए। ११५ रन को लक्ष्य दाङले २७.२ ओभरमा ७ विकेट गुमाएर भेटाएको थियो। दाङका लागि शिशिर डांगी र बिराट सिंह भण्डारी ले क्रमशः २७ र १८ रन को योगदान दिएका थिए भने तुल बहादुर थापा ले अबिजित १४ रन बिर बहादुर घर्ती को अबिजित ८ रन को योगदान दिदै जीत दिलाएका थिए बाँके का लागी लबकुश यादव कप्तान सुनील भण्डारी र कुशल न्यौपानेले समान २,२ र धन बहादुर थापाले १ विकेट प्राप्त गरेका थिए उक्त खेल को म्यान अफ द म्याच कमल वली भएका दाङ क्रीकेट संघ का अध्यक्ष प्रदिप मज्गैयाले जानकारी दिनु भयको छ ।