प्रधानमन्त्री कपको लागि दाङ जिल्लाको महिला खेलाडी छ्नोट

प्रधानमन्त्री कपको लागि दाङ जिल्लाको महिला खेलाडी छ्नोट

दाङ मंसिर २४,
यहीँ २५ गते देखि भैरहवामा हुन लागेको प्रधानमन्त्री कप प्रदेश महिला छनोट प्रतियोगिताको लागि दाङ जिल्ला क्रीकेट संघले जिल्लाको खेलाडी छनोट गरेको छ ।
प्ररम्भिक छ्नोट पछि घोराही क्रीकेट मैदानमा चलेको बन्द प्रशिक्षणको प्रदर्शनको आधारमा संघले ४ जना बैकल्पिक खेलाडी सहित १८ महिला खेलाडी छनोट गरेको संघका अध्यक्ष प्रदीप मजगैयाँ जनकारि दिएका छ्न । भरखरै नेपाल टिमको बन्द प्रशिक्षणमा हरेकि खेलाडी सरस्वती जी एम को कप्तानिमा रहेको जिल्ला टिमको अन्य सदस्यहरुमा लक्ष्मी चौधरी, शर्मिला रोका मगर, मधु डि सी, कमला जी एम, अनिता चौधरी,”संध्या पुन,प्रभा चौधरी , उषा कुमाल, सुशीला भट्टराई,ओम् कुमारी बि क,”मीना बि क, रसिना चौधरी,”लक्ष्मी कुमारी चौधरी रहेका छ्न भने बैकल्पिक ख़ेलाड़ी हरुमा नगीता पुन, रबिना चौधरी,समीक्षा भण्डारी र आस्मिन मनसुरी रहेका छ्न । टिम प्रशिक्षकको रुपमा जिल्ला प्रशिक्षक संजु क्षेत्री र ब्यबस्थापकमा रमेश सिंह पुन रहेको संघले जनाएको छ । दाङ्ले आफ्नो पहिलो खेल मंसिर २५ गते रुपन्देही विरुद्ध खेल्ने छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका महिला क्रीकेट खेल्ने दाङ , बाके , रुपन्देही र नवलपरासी जिल्लाको सहभागिता रहने छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु वाट लुम्बिनी प्रदेशको टिम छनोट हुने छ ।