बर्दियामा उपचार गर्ने निहुँमा नाबालिकालाई बलात्कार गरेको अरोपमा एक जना पक्राउ

बर्दियामा उपचार गर्ने निहुँमा नाबालिकालाई बलात्कार गरेको अरोपमा एक जना पक्राउ

दाङ, कार्तिक २९। बर्दियामा उपचार गर्ने निहुँमा नाबालिकालाई बलात्कार गरेको अरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले नाबालिकालाई बलात्कार गरेको आरोपमा एक बृद्धलाई यहि कात्तिक २४ गते पक्राउ गरिएको जानकारी दिनुभयो ।

तर ति बृद्धको परिचय भने खुलाईएको छैन । कात्तिक २३ गते घरमा उपचार गर्ने भन्दै नाबालिकालाई बालात्कार गरेको अर्का उपचार गर्न आएका व्यक्तिले देखेपछि यस्को पोल खुलेको सूचना अधिकारी शाहीले बताउनुभयो ।

उहाँका अनुसार ति अर्का उपचार गर्न आएका व्यक्तिले करणी गरेको देखेपछि तत्काल ति बृद्ध फरार रहेका थिए । भोली पल्ट २४ गते प्रहरीले राजापुर नगरपालिका वडा नं. ९ भम्पापुरबाट पक्राउ गरेको थियो । अहिले उनीमाथि जबरजस्ती करणी कसुरमा अनुसन्धान भइरहेको शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ति बृद्धले १५ बर्ष देखि आफ्नै घरमा मृर्गी रोग, पिनास ,टाउको दुख्ने , सर्पले टोकेको ब्यक्तिलाई जडिबुटीबाट उपचार गर्दै आएका थिए । सर्पले टोकेको रु ५ हजार, पिनासको रु ५ हजार र मृगीको रु ८ हजार लिने गरेको पनि अनुसन्धानमा खुलेको शाहीले बताउनुभयो ।

त्यस्तै ति बृद्धले हप्तामा मंगलबार मात्र उपचार गर्ने गरेको, जडिबुटी सम्बन्धी औपचारिक अध्ययन नभएको, स्थानिय जडिबुटीहरुको धूलो बनाई औषधीको रुपमा दिने गरेको पाइएको जनाइएको छ।