नगरपालिकाले दियो प्रचण्डको स्वागतका लागि सार्वजनिक बिदा

नगरपालिकाले दियो प्रचण्डको स्वागतका लागि  सार्वजनिक बिदा

महोत्तरी, मंसिर १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को स्वागतका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड आउने भएपछि स्वागतको लागि बुधबार एक दिनको बिदा दिइएको हो।

मेयर अशोककुमार मण्डलले जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डको स्वागतका लागि मंसिर १ गते बुधबार सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ । नगरपालिकाले सार्वजनिक बिदा दिएपछि सामाजिक सञ्चालनमा आलोचना भएको छ।

नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सो विज्ञप्तिमा उल्लेख रहेको छ।