जेशिबी दुर्घटना हुदा चालक को मृत्यु

जेशिबी दुर्घटना हुदा चालक को मृत्यु

हिमाल महरा
दाङ, २ मंसिर ।
बंगलचुलीमा सडक मर्मतको क्रममा आज बिहानै जेसिबि दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा सडक मर्मतको क्रममा जेसिबि दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षिय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।

पर्यटकियस्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको हो ।

दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षिय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर जानकारी दिनुभयो ।

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भसिएर जेसिबि दुर्घटनामा परेको हुन सक्ने उहाँले बताउनुभयो ।
आज हुने भनियको बंगलाचुली गाउँपालिकाकाे प्रगति समिक्षा कार्यक्रममा स्थगित भयको अध्यक्ष ओलिले जानकारी दिनु भयको छ ।