प्रधानन्यायाधीश शमशेर जबरा अस्पतालबाट डिस्चार्ज

प्रधानन्यायाधीश  शमशेर जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौं, मंसिर १७। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत सोमबार कोरोना भाइरस संक्रमित भएपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिन अर्थात् शुक्रबार डिस्चार्ज भएको उपचारारत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

‘सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराज्यू, मिति २०७४/८/१३ गतेदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहनु भएकोमा आज मिति २०७८/०८/१७ गते बिहान ०९ः३० बजे स्वास्थ्य लाभ गरी यस अस्पतालबाट डिस्चार्ज हुनुभएको छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ,’ सम्माननीयज्यूको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौ /